०१ असार २०८३, सोमबार

होन्डुरसमा विमान दुर्घटना, ५ जनाको मृत्यु

होन्डुरसमा विमान दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं – होन्डुरसको रोआटान टापुबाट उडेको केही बेरमै एक निजी विमान दुर्घटना हुँदा पाइलटसहित पाँच विदेशीको शनिवार मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । 

सशस्त्र बलका प्रवक्ता जोसे डोमिंगो मेजाले चारजना अमेरिकी भएको एकजनाको राष्ट्रियता नखुलेको बताए । 

स्थानीय आपतकालीन सेवाहरूले चाहिँ शुरूमा चार क्यानडाली र विमानका अमेरिकी पाइलट मारिएको बताए । 

स्थानीय अधिकारीले दुर्घटनाको कारण बताएका छैनन् । 

पाइपर पीए–३२–२६० विमान पर्यटक शहर ट्रुजिल्लोतिर गइरहेको थियो । त्यो ठाउँ रोआटानबाट ८० किलोमिटर पर छ । उक्त सुन्दर टापुमा अमेरिका, क्यानडा र युरोपबाट पर्यटकहरू आउने गरेको अधिकारीहरूले बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्