काठमाडौं – युक्रेनका नयाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमवार आफ्नो शपथग्रहण भाषणमा मध्यावधि संसदीय चुनावको घोषणा गरेका छन् ।
उनको प्राथमिकता देशको पूर्वी भागमा रुस समर्थित पृथकतावादीसँगको संघर्ष अन्त्य गर्नु रहेको उनले बताए । जेलेन्स्कीले सोभियत कालपछिको युक्रेनका सबभन्दा युवा राष्ट्रपतिका रूपमा शपथ लिए ।
उनले एक महिनाअघि पेत्रो पोरोशेन्कोलाई हराएका थिए । जेलेन्स्की राजनीतिमा आउनुअघि हास्यकलाकार थिए ।
शपथग्रहणको सम्बोधनका क्रममा उनले समयअगावै चुनाव गराउनका लागि संसद् भंग गर्ने घोषणा गरे ।
प्रधानमन्त्री भोलोदिमिर ग्रायसम्यानले जेलेन्स्कीसँगको मतभेदका कारण राजीनामा दिएका छन् ।
एजेन्सी