१९ असार २०८३, शुक्रबार

वरिष्ठ नेता पौडेलले गरे सभापतिमाथि हमला, चलखेल गरेर महाधिवेशन टार्न खोजेको आरोप

जेठ ७, २०७६
वरिष्ठ नेता पौडेलले गरे सभापतिमाथि हमला, चलखेल गरेर महाधिवेशन टार्न खोजेको आरोप

धनगढी- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्न सभापतिले नै चलखेल शुरू  गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन उनले पार्टी सभापति शेरबहादुर देउवा नै महाधिवेशन टार्ने चलखेलमा लागेको आरोप लगाएका हुन् ।

‘पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनाको काम गर्न ढिलाइ गरिँदै छ । संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिँदैछ,' पौडेलले भने, 'यसले गर्दा महाधिवेशन टार्ने चलखेल भएको स्पष्ट भएको छ ।'

देउवाले आफ्नो पक्ष हार्ने डरले पार्टीका भ्रातु संगठनको अधिवेशन रोकेको भन्दै पौडेलले संगीन आरोप लगाएका छन् । उनले संवैधानिक परिषदको बैठकमा सहभागी नभएर पार्टी सभापति देउवाले ठूलो गल्ती गरेको स्पष्ट पारे ।

पौडेलले भने, ‘संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेताको हैसियतमा नगएर पार्टी सभापतिले ठूलो गल्ती गर्नुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्