१० असार २०८३, बुधबार

मेटलाइफ एशियाको ‘एक्जुकेटिभ भाइस प्रेसिडेन्ट’ नेपालमा

मेटलाइफ एशियाको ‘एक्जुकेटिभ भाइस प्रेसिडेन्ट’ नेपालमा

काठमाडौं– मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दा नेपाल भ्रमणमा आउनु भएको छ  । तादिकोन्दा बंगलादेश तथा म्यानमारका अध्यक्ष एम नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम अलाउद्दिन अहमदसँगै यो हप्ता नेपाल भ्रमणमा आउनु भएको हो । 

भ्रमणको अवसरमा रेबेकाले मेटलाईफ नेपालको मुख्य कार्यालय ललितपुरको पुल्चोक स्थित वान कस्टमर प्लेस (ओसीपी)को उद्घाटन  गर्नुभएको छ । । ओसीपी ग्राहकहरुलाई अझै व्यवस्थितरुपमा सेवाहरु उपलब्ध हुने स्थान हो जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बिमा दावी, बिमालेख समर्पण, ऋण तथा बिमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुन्छ ।

रेबेकाले बंगलादेश, चीन, हङकङ, भारत, मलेसिया, नेपाल तथा भियतनाम र व्यवसाय सुरु भएका नयाँ स्थानहरु लगायत मेटलाईफको व्यवसायमा तिब्र बृद्धि भएका स्थानहरुमा मेटलाईफको व्यवसाय हेर्ने गर्नुभएको छ । 

उहाँले वितरण प्रणालीलाई विस्तार गरी डिजिटल तथा नविनतम पद्दतिलाई अंगाली तथा यस क्षेत्रमा प्रयोग तथा आदानप्रदान हुने क्षमताहरुमा सहयोग तथा सह–लगानीलाई बढाउन सहयोग गर्दै आउनु भएको छ । 

रेबेकाका अनुसार ‘नेपालमा नयाँ बिमा सेवा तथा डिजिटिल अभियान भित्र्याई एक अग्रणी बिमा कम्पनीको रुपमा मेटलाईफ नेपालले एकदमै राम्रो काम गरेको छ ।’ उहाले  मे २३, २०१९ सम्म नेपालका विभिन्न कार्यालयहरुमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्