१५ असार २०८३, सोमबार

प्रहरीको गोली प्रहारबाट मारिए विप्लवका कार्यकर्ता

प्रहरीको गोली प्रहारबाट मारिए विप्लवका कार्यकर्ता

काठमाडौं– प्रहरीले चलाएको गोली लागेर भोजपुरमा प्रतिबन्धित विप्लव समूहका एक कार्यकर्ता मारिएका छन् । 
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी भएको दुईपक्षीय मूठभेडमा प्रहरीको गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो । घाइते उनको गएराती मृत्यु भएको हो । 
भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उपचारका लागि लैजाने क्रममा  उनको बाटैमा मृत्यु भएको जानकारी दिए । 
   टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मुठभेट हुन पुगेको थियो ।
   मृतक घिमिरे षडानन्द नगरपालिका–२ कुदाककाउका भएको बताइएको छ । 

   प्रहरीले घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए । 

    घटनापछि अरु हतियारधारी समूह भने त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्