०७ असार २०८३, आइतबार

गलत पनि साबित हुन सक्छन् एक्जिट पोलका परिणाम

गलत पनि साबित हुन सक्छन् एक्जिट पोलका परिणाम

काठमाडौं – भारतमा लोकसभा चुनावको परिणाम आउन एक दिन बाँकी छ तर सबै एक्जिट पोलले एनडीएको सरकार फेरि बन्ने देखाएका छन् । 

तर भाजपा र एनडीएले अग्रता लिएको देखिए पनि एक्जिट पोल्सको इतिहास हेर्दा रोमाञ्च अझै बाँकी छ । 

अटल बिहारी वाजपेयी सरकारले सन् २००४ को चुनाव जितेर फेरि सरकार बनाउँछ भन्ने निष्कर्ष सबै एक्जिट पोलको थियो । एनडीए गठबन्धन सबभन्दा ठूलो गठबन्धनका रूपमा उदाउने भविष्यवाणी एक्जिट पोलले गरेको भए पनि यूपीएले जीत हासिल गरेको थियो । सन् २००९ को चुनावमा पनि यूपीएको जीतको अन्तर एकदमै कम आँकिएको थियो । 

एक्जिट पोल सर्भेमा एकदमै कम भोटरहरूको राय लिइन्छ र तिनले पूर्ण जनसंख्याको प्रतिनिधित्व गर्न सक्दैनन् । सानो स्याम्पल साइज भएकाले सानो भूल हुँदा पनि नतिजामा ठूलो असर पर्छ । ठूलो कुरा त एक्जिट पोल पार्टीहरूको मत प्रतिशत बुझ्ने हिसाबमा बनाइएको हुन्छ । त्यसमा सीट शेयरिङको कुरा हुँदैन । भोट शेयर सीट शेयरमा कत्तिको परिणत हुन्छन् भन्ने कुराको अनुमान गर्न गाह्रो पर्छ । अझ बहुकोणीय प्रतिस्पर्धा भएमा भोट शेयरका आधारमा सीट शेयरको अनुमान असम्भव जस्तै हुन्छ । 

चुनाव आयोगले आज भीभीप्याट स्लिप गन्ने कि ईभीएमको गणना गर्ने भनी निर्णय गर्दैछ । प्रत्येक लोकसभा सीटमा आयोगले सर्वोच्च अदालतको आदेशमुताबिक पाँचवटा मतदान केन्द्रका ईभीएम भोट भीभीप्याटसँग मिलाउनेछ । 
मंगलवार २२ विपक्षी दलका नेताहरूले पहिला भीभीप्याट स्लिपहरूको गणना गर्नुपर्ने अनि कुनै गडबडी भएमा सबै मतदान केन्द्रमा रहेका ईभीएमसँग भीभीप्याट मिलाउनुपर्ने आग्रह गरेका थिए ।

एजेन्सी

कमेन्ट गर्नुहोस्