१६ असार २०८३, मंगलबार

भाजपाले पारा नसुधारे सडकमा रगतको खोला बग्ने उपेन्द्र कुशवाहाको चेतावनी

भाजपाले पारा नसुधारे सडकमा रगतको खोला बग्ने उपेन्द्र कुशवाहाको चेतावनी

काठमाडौं – भारतमा लोकसभा चुनावको अन्तिम चरणपछि आएको एक्जिट पोलपछि ईभीएमका सम्बन्धमा राजनीति भइरहेको छ । 

यसैबीच राष्ट्रिय लोक समता पार्टीका नेता तथा पूर्व केन्द्रीय मन्त्री उपेन्द्र कुशवाहाले केन्द्र सरकार र भाजपाको आलोचना गरेका छन् । उनीहरूले पारा नसुधारे सडकमा रगतको नदी बग्ने कुशवाहाले धम्की दिए । 

कुशवाहाले भने, ‘चुनावी परिणाम गडबडी गर्ने सोच राखेको हो भने तत्कालै बन्द गर्नुपर्छ नत्र जनतामा भएको आक्रोश विस्फोट हुन्छ । उनीहरूको यही पारा रह्यो भने कानूनले पनि नियन्त्रण गर्न सक्दैन । शासन र प्रशासनमा बसेका मानिसलाई हामी सचेत गराउन चाहन्छौं ।’

बिहारमा आरजेडी कार्यकर्ताहरूले ईभीएम राखिएको गाडी पक्राउ परेपछि उपेन्द्र कुशवाहाको टिप्पणी आएको हो । उनले भने, ‘हाम्रो भोटको रक्षाका लागि हतियार उठाउन आवश्यक परेमा उठाउनुपर्छ ।’

कुशवाहाले परिणाम लुट्ने कोशिश भइरहेको हो भने त्यसलाई रोक्न हतियार उठाउनुपर्ने बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्