
एजेन्सी- बलिउड अभिनेत्री जूही चावलाले आफ्नो छोरा अर्जुन अभिनेता बन्न सक्ने बताएकी छन् । जूहीका अनुसार छोरा अर्जुनमा नक्कल गर्ने र हसाउने गुण छ ।
अर्जुन किशोरावस्थामा छन् र उनी लंडनको एक बोर्डिङ स्कूलमा अध्ययनरत छन् । तर जूही भने अहिले लंडन बाहिर छिन् ।
उनी केही दिन मुम्बई र केही दिन कोलकाता बसेर लंडन फर्कनेछिन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो बच्चाको रुचीबारे लेखेकी छन् ।
जूहीले भनेकी छन्, 'उसमा नक्कल तथा अभिनय गर्ने गुण छ, हसाउँछ पनि । यसकारण मलाई बेलाबेलामा लाग्छ कि उसले अभिनयमा प्रयास गर्नुपर्छ ।'
उनले छोरी जाह्नवी भने अध्ययनमा धेरै समय बिताउन चाहने गरेकी खुलाइन् ।