१३ साउन २०८३, बुधबार

एनआईसी एशिया र नोबेल हस्पिटलबीच सम्झौता

एनआईसी एशिया र नोबेल हस्पिटलबीच सम्झौता

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल, काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेविट एवं क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा २५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोशाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरू, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाइ मार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकका करीब १६ लाख ग्राहक छन् । 

salt training

कमेन्ट गर्नुहोस्