काठमाडौं – भारतको लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले फेरि बहुमत ल्याएर सरकार चलाउने स्थिति देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार एक ट्वीट गरेका छन् ।
आफ्नो निजी चौकीदार नरेन्द्र मोदी अकाउन्टबाट उनले ट्वीट गर्दै लेखे, सबैको साथ, सबैको विकास, सबैको विश्वासलाई जोड्दा विजयी भयो भारत ।
उनले यसलाई हिन्दी र अंग्रेजी दुवै भाषामा लेखेका हुन् ।
सबका साथ + सबका विकास + सबका विश्वास = विजयी भारत
— Chowkidar Narendra Modi (@narendramodi) May 23, 2019
Together we grow.
Together we prosper.
Together we will build a strong and inclusive India.
India wins yet again! #VijayiBharat
मतगणनामा भाजपा एक्लैले स्पष्ट बहुमत ल्याउने लक्षण देखिएको छ ।