
काठमाडौं – स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित काठमाडौं महानगरपालिका–३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाइ सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा१४च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार अभियुक्तलाई नगदसहित फेला पारेर प्रहरीले पक्राउ गरेको थियो ।