१२ असार २०८३, शुक्रबार

छतबाट हाम फाल्दा मृत्यु, अर्का एक बृद्धको घाँटी काटिएको अवस्थामा शव फेला

छतबाट हाम फाल्दा मृत्यु, अर्का एक बृद्धको घाँटी काटिएको अवस्थामा शव फेला

कलैया–विद्यालयको छतबाट हाम फाल्दा एक विद्यार्थीको मृत्यु भएको छ । अर्को एक विद्यार्थी गम्भीर घाइते भएका छन् । 

    बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सरोज साहको मृत्यु भएको हो । हाम फाल्दा १४ वर्षीया छात्रा गम्भीर घाइते भएकी छन् । दुवै जनाले विद्यालयको तेस्रो तलाको छतबाट हाम फालेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए । 
 साहको वीरगञ्ज नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छात्राको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

यता     बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृतावस्थामा फेला परेका हुन् । शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्