काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा नेपालविरुद्ध आपत्तिजनक बयान दिने कांग्रेस नेता कीर्ति आजादको लोकसभा चुनावमा बेइज्जतीपूर्ण हार भएको छ ।
झारखण्डको धनबाद निर्वाचन क्षेत्रबाट कांग्रेस पार्टीबाट उठेका आजादले जम्मा ३ लाख ४१ हजार ४० भोट ल्याए । उनले कुल खसेकोमध्ये २७.२२ प्रतिशत भोट मात्र पाए ।
उनलाई भारतीय जनता पार्टीका पशुपतिनाथ सिंहले हराएका हुन् । सिंहले ८ लाख २७ हजार २३४ भोट ल्याए ।
कीर्ति पहिले भाजपामा थिए तर लगातार आपत्तिजनक तथा विवादास्पद बयान दिने गरेकाले उनलाई पार्टीले निष्काशन गरेको थियो । त्यसपछि यस चुनावका लागि उनी कांग्रेसमा प्रवेश गरेका थिए । तर उनले दल परिवर्तन गरेको मतदाताहरूले पटक्कै मन पराएनन् ।
मोदीको पछिल्लो नेपाल भ्रमणमा आजादले सुगौली सन्धिपछि भारतले नेपाललाई दिएको मधेशका भूभाग फिर्ता लिनुपर्ने भनी आपत्तिजनक बयान दिएका थिए । उनको उक्त बयानको नेपालीहरूले कठोर आलोचना गरेका थिए ।