
काठमाडौं - दैलेखको गुरास गाउँपालिका वडा नम्बर १ पाताल खोला नजिक मिनीट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले ३ जनाको मृत्यु भएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको जानकारी दियो ।
मिनीट्रक जलेको अवस्थामा रहेकाले नम्बर प्लेट खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।