१६ असार २०८३, मंगलबार

पश्चिम बंगालको चुनावी परिणाम : वामपन्थीको भोट दक्षिणपन्थीलाई !

पश्चिम बंगालको चुनावी परिणाम : वामपन्थीको भोट दक्षिणपन्थीलाई !

काठमाडौं – भारतको लोकसभा चुनावमा परिणाम दुई खेमामा बाँडिएको स्पष्ट देखियो ।

भाजपाले ममता बनर्जीको गढमा उनलाई गहिरो चोट दियो र ४२ मध्ये १८ सीटमा कब्जा गर्‍यो । सबभन्दा महत्त्पूर्ण कुरा त यस चुनाव परिणामले सन् २०२१ म हुने विधानसभा चुनावमा तृणमूल कांग्रेसलाई भाजपाले कडा चुनौती दिने स्पष्ट पारेको छ । 

लोकसभा चुनावमा पश्चिम बंगालमा टीएमसीले ४३.२८ प्रतिशत भोट पायो भने भाजपाले ४०.२४ प्रतिशत । चुनावमा टीएमसीको भोट शेयर अघिल्लो चुनावको भन्दा ४.२८ प्रतिशत बढी छ तर तृणमूलविरोधी सबै भोट भाजपालाई गयो र भाजपाले अहिलेसम्मको सबभन्दा राम्रो प्रदर्शन गर्‍यो । 

सबभन्दा बढी नोक्सानी सीपीएम नेतृत्वको लेफ्ट फ्रन्टलाई भयो । सन् २०१४ मा उसले २९.९ प्रतिशत भोट पाएको थियो भने यसपालि उसको भोट शेयर जम्मा ७.५ प्रतिशत रह्यो । 

सीपीएम स्थापना भएको लगभग १०० वर्षपछि पश्चिम बंगालबाट वाम दलहरूका एक सांसद पनि नहुने भएका छन् । लगभग ३४ वर्षसम्म पश्चिम बंगालमा शासन गर्ने वामदलले कुनै पनि सीटमा दोस्रो स्थान समेत प्राप्त गरेनन् । 

कम्युनिस्टभन्दा राम्रो प्रदर्शन त कांग्रेस पार्टीले गरेको छ । 

सीपीएमको पतन हुँदा भाजपालाई सीधै फाइदा भयो । टीएमसीविरोधी सबै भोट भाजपालाई गयो । टीएमसी सन् २०१४ को ३४ सीटबाट झरेर २२ मा खुम्चियो ।

टीएमसीलाई सबभन्दा ठूलो झड्का उत्तर बंगालमा लाग्यो । त्यहाँ भाजपाले सबै ६ सीटमा जीत हासिल गर्‍यो । टीएमसीलाई त जातिगत समूहहरूले झड्का दिए ।

चुनाव परिणाम हेर्दा अल्पसंख्यकहरूले मात्र ममतालाई खुलेर भोट दिएको देखिन्छ । टीएमसीले जीत हासिल गरेको सीटमा २० प्रतिशत मुसलमान थिए । पश्चिम र उत्तर बंगालमा आदिवासीहरूले भाजपालाई बेस्सरी भोट दिए । 

सन् २०२१ मा टीएमसीलाई भाजपाका रूपमा सशक्त विपक्षको सामना गर्नुपर्ने भएको छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्