१६ असार २०८३, मंगलबार

चुनाव हारेपछि कांग्रेसमा बेचैनी, नेताहरू धमाधम राजिनामा दिँदै

चुनाव हारेपछि कांग्रेसमा बेचैनी, नेताहरू धमाधम राजिनामा दिँदै

काठमाडौँ -लोकसभा चुनावमा 'करारी' हार बेहोरेपछि भारतीय राष्ट्रिय कांग्रेसमा जबर्जस्त उथलपुथल आएको छ । उत्तरप्रदेशमा कांग्रेसले गरेको खराब प्रदर्शनको जिम्मेवारी लिँदै उत्तर प्रदेश अध्यक्ष राज बब्बरले आफ्नो राजिनामा पत्र राहुल गान्धीलाई पठाएका छन् । 

अमेठीमा राहुल गान्धीको हारलाई आफ्नो जिम्मेवारी बताउँदै जिल्ला अध्यक्ष योगेश मिश्राले पनि आफ्नो राजिनामा पत्र गान्धीलाई पठाएका छन् । यता लोकसभा र विधानसभाको चुनावमा पार्टीले गरेको निराशाजनक प्रदर्शनपछि ओडिसाका कांग्रेस अध्यक्ष निरन्जन पटनायकले पनि राजिनामा बुझाए । 

 उत्तर प्रदेशमा कांग्रेसले जम्मा एक सीट जितेको थियो ।  फतेहपुर सिकरीबाट राज बब्बर आफैं उठेका थिए, उनले पनि हारे । भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चाहरले बब्बरलाई तीन लाखभन्दा बढी भोटले हराएका हुन् । बब्बरलाई पहिला पार्टीले मुरादावादबाट उम्मेदवार बनाउन खोजेको थियो तर उनले फतेहपुर नै रोजेका थिए । 

एक ट्विट गर्दै बब्बरले भने, 'जनताको विश्वास हासिल गरेकोमा विजेतालाई बधाई छ । युपीमा कांग्रेसका लागि आएको परिणाम निराशाजनक छ । मैले आफ्नो जिम्मेवारी सफल तरिकाले पूरा नगरेकाले यसमा म दोषी छु । पार्टी नेतृत्वसँग भेटेर आफ्नो कुरा राख्नेछु ।'

salt training

कमेन्ट गर्नुहोस्