
भरतपुरमा आज अपरान्ह गोली चल्दा एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा गोली चल्दा सोही ठाउँ निवासी ३८ वर्षीय सुकबहादुर चेपाङ घाइते भएका छन्।
मध्यान्ह १२ बजे घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा गोली लागि चेपाङ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार घाइतको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।
कस्ले कतिखेर के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।