
मड्रिड–स्पेनको संसदले कारागारमा रहेको चार जना संसदलाई शुक्रबार निलम्वन गरेको छ ।
सन् २०१७ मा पृथकतावादी आन्दोलनको नेतृत्व गरेको अभियोग लागेका र केही महिना अगाडि भएको निर्वाचनमा विजयी भएका सांसदहरुलाई निलम्बन गरिएकोे हो ।
निलम्बित हुनेमा ओरिओल जुन्क्वेरास, जोर्दी तुरुल, जोसेप रुल र जोर्दी सान्चेज रहेको अधिकारीहरुले जनाएका छन् ।
सर्वोच्च अदालतको आदेशमा उनीहरु कारागारमा रहेकाले सांसद पदबाट निलम्वन गरिएको सभामुख मेरिट्सेल बाटेटले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उनीहरुलाई राज्यद्रोहको मुद्दा लागेको र त्यसका बारेमा आफुले सोधीखोजी गरेर मात्रै निलम्वन गर्ने निर्णयमा पुगेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
सानो मुलुक स्पेन केही दशकदेखि अत्यन्त नराम्रो राजनीतिक संकटमा फसेको र राजनीतिक अस्थीरता सृजना भएको छ ।