१६ असार २०८३, मंगलबार

बालविवाहमुक्त वडा घोषणा

बालविवाहमुक्त वडा घोषणा
सन्दर्भ तस्वीर

सप्तरी- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए । 

समाज परिर्वनका लागि सामाजमा बालविवाहमुक्त हुनुपर्ने उल्लेख गर्दै उनले दाइजो प्रथाले पनि समाजमा बालविवाह बढेकामा चिन्ता व्यक्त गरे । उनले प्रदेश नं २ मा ‘बेटी बचाउ, बेटी पढाउ’ अन्तर्गत एक लाख २५ हजार रुपैयाँ शैक्षिक बीमाको तयारी भइरहेकाले सामाजिक परिवर्तन भए मात्र सबैको विकास सम्भव हुने बताए ।  

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीले आयोजना गरेको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा वडाध्यक्ष दिनेश्वर मिश्रले ९३०  घरधुरी रहेको वडामा चालू आवको अहिलेसम्मको अवधिमा २८ विवाह भएका र त्यसमध्ये चार वटा मात्र बालविवाह भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्