१७ असार २०८३, बुधबार

स्मृति इरानीको नजिकका नेता सुरेन्द्रको हत्या

स्मृति इरानीको नजिकका नेता सुरेन्द्रको हत्या

एजेन्सी- उत्तर प्रदेशको अमेठीकी नवनिर्वाचित सांसद स्मृति इरानीको नजिकको नेता सुरेन्द्र सिंहको गोली हानी हत्या भएको छ । 

बरौलिया गाउँका पूर्व प्रधान सिंहको गए राति अज्ञात समूहले गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यम एनीले जनाएको छ । 

स्मृति इरानीको जीतमा खुशी मनाइरहेका अमेठीका जनता अहिले शोकमा डुबेका छन् । 

उच्च प्रहरी अधिकारी दयारामका अनुसार सिंहमाथि शनिवार राति करीब साढे ११ बजे गोली प्रहार भएको थियो । 

गोली लागेपछि उनलाई उपचारका लागि लखनउ लगिए पनि उनको ज्यान बच्न सकेन । 

लोकसभा चुनावमा कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएकी भारतीय जनता पार्टीको स्मृति इरानीलाई जिताउन उनले निकै ठूलो भूमिका खेलेका थिए ।

उनी स्मृति इरानीको निकै नजिकका मान्छेमा गनिन्थे । 

salt training

कमेन्ट गर्नुहोस्