२४ जेठ २०८३, आइतबार

जेट एयरवेजका प्रमुख नरेश गोयल भारतबाट भाग्न तयार, परे पक्राउ

जेट एयरवेजका प्रमुख नरेश गोयल भारतबाट भाग्न तयार, परे पक्राउ

काठमाडौं – मुम्बईबाट दुबई जाने एमिरेट्सको फ्लाइट ईके ५०७ उड्न ठिक्क परेको थियो । विमानलाई सेक्युरिटी क्लीयरेन्स पनि प्राप्त भइसकेको थियो । सबै यात्रुले सीट बेल्ट बाँधिसकेका थिए । केही मिनेटमै प्लेन उड्दै थियो ।

तर अचानक एउटा संकेत आयो र उडान रद्द गरियो । 

विमानका रहेका दुई यात्रुका कारण उडान रद्द गरिएको थियो । ती दुई यात्री कुनै बेलामा देशको सबभन्दा ठूलो एयरलाइन्स कम्पनीका मालिक थिए ।

यहाँ नरेश गोगल र अनिता गोयलको कुरा हुँदैछ । 

उनीहरू चढेको एमिरेट्सको विमान धावनमार्गमा हलुका गतिमा अघि बढिरहेको थियो । तर अत्यन्तै गोप्य सूचनाका आधारमा विमानलाई फेरि पार्किङ लटमा बोलाइयो । विमान रोकिएपछि केही मानिस त्यसमा चढे । उनीहरूले विनम्रतापूर्वक नरेश र अनितालाई तुरुन्तै विमानबाट ओर्लिन र आफूहरूसँग हिँड्न भने । 

ती मानिसहरू इम्मिग्रेसन डिपार्टमेन्टका अधिकारी थिए । उनीहरूको अनुरोधका कारण नरेश र अनिता त छक्क परे नै, अन्य यात्री पनि आश्चर्यचकित भए । 

केही समयपछि नरेश र अनिता विमानबाट ओर्लिए । उनीहरूलाई इम्मिग्रेसन डिपार्टमेन्टले तत्कालै हिरासतमा लिए । 

सूत्रहरूका अनुसार, नरेश र उनका परिवारविरुद्ध लूकआउट सर्कुलर जारी गरिएको थियो । उनीहरूले देश छोडेर नजाऊन् भनी बन्दोबस्त मिलाइएको थियो । तर चार ब्रीफकेस लिएर नरेश विमानमा चढ्न भ्याइसकेका थिए । 

नरेश लन्डन जान लागेका थिए । त्यसैले उनी पहिला दुबई जाने विमान चढेका थिए । सबै सुटकेस अनिताको नाममा थियो । ती सुटकेस पनि विमानबाट ओरालियो । यसले गर्दा विमान डेढ घन्टा ढिलो उड्यो ।

सूत्रहरूका अनुसार, नरेश बन्द भइसकेको जेट एयरवेजको बारेमा कुरा गर्न एतिहाद र हिन्दुजा समूहका कार्यकारीसँग बैठक गर्न लन्डन जाँदै थिए । 

जेट एयरवेज नगदी संकटका कारण अप्रिल १७ देखि बन्द छ । कम्पनीले निकै समयदेखि आफ्ना कर्मचारीलाई तलब खुवाउन सकेको छैन । कम्पनीमाथि ११ हजार करोड रुपैयाँ ऋण छ । 

गत साता हिन्दुजा समूहले जेट एयरवेजमा लगानी गर्ने अवसरको आकलन गरेको बताएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्