१७ असार २०८३, बुधबार

ब्राजिलको एक कारागारमा झडप हुँदा १५ जनाको मृत्यु

ब्राजिलको एक कारागारमा झडप हुँदा १५ जनाको मृत्यु

काठमाडौं – ब्राजिलको उत्तरी भागमा रहेको अमेजोनास राज्यमा रहेको एक कारागारमा कैदीहरूबीच भएको झडपमा १५ जना मारिएको क्षेत्रीय कारागार अधिकारीले जनाएका छन् । 

झडप स्थानीय समयअनुसार बिहान ११ बजे भएको हो । त्यतिखेर बाहिरका मानिसले कैदी भेट्न आउने समय हो । 

‘कैदीहरूबीच झगडा भएको हो । बाहिरबाट मानिस आउँदा यसरी कहिल्यै मृत्यु हुने गरेका थिएनन्,’ कर्नेल भिनिसियस अल्मीदाले पत्रकारहरूलाई बताए ।

केही कैदीहरूलाई तिखारिएका टूथब्रशले घोचेर मारिएको छ भने केही अन्यलाई घाँटी थिचेर मारिएको अल्मीदाले बताए । झगडा के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान शुरू गरिएको पनि उनले जानकारी दिए । 

अधिकारीहरूले तत्कालै हस्तक्षेप गर्दा हिंसा थप चर्किन नपाएकोमा उनले जोड दिए ।

यही कारागारमा सन् २०१७ को जनवरी महिनामा विद्रोह हुँदा ५६ जना मानिस मरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्