
काठमाडौं– सर्लाही र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
सर्लाही लालबन्दी नगरपालिका–६ स्थित सडकमा आइतवार राति बा४ख ८०८१ नम्बरको बसको ठक्करबाट पैदलयात्री लालबन्दीकै ६० वर्षका मिसमाया परियारको मृत्यु भएको हो ।
यस्तै कुष्ण नगरपालिका ६ मौरीफाँटा कञ्चनपुरमा से १ ह १८७१ नम्बरको अटो रिक्साबाट खसेर मौरीफाँटाका ६५ वर्षका कन्जडी कडालको आइतवार मृत्यु भएको छ ।
कृष्णनगरबाट गुलरियातर्फ जाँदै गरेको अटोबाट खसेर घाइते भएका कडाललाई पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।