१० असार २०८३, बुधबार

माहुरीका लागि खुल्यो रेस्टुराँ, कारण छ अनौठो (भिडियो)

माहुरीका लागि खुल्यो रेस्टुराँ, कारण छ अनौठो (भिडियो)

काठमाडौं – सामान्यतया रेस्टुराँमा मानिसहरू मात्र जाने गर्छन् तर अब माहुरीका लागि पनि रेस्टुराँ खुलेको छ ।   

म्याकडोनल्ड्स फास्ट फूड रेस्टुराँ विश्वभरि फैलिएको छ । यसले प्रत्येक दिन लगभग ६ लाख ग्राहकहरूलाई सेवा दिन्छ । 

स्विडेनमा म्याकडोनल्ड्सले माहुरीका लागि विशेष रेस्टुराँ खोलेको हो । यसलाई म्याकहाइभ नाम दिइएको छ । यसलाई रुखबिरुवा प्रशस्त भएको घाँसे मैदानमा राखिएको छ । 

यो रेस्टुराँलाई एक व्यावसायिक डिजाइनरले डिजाइन गरेका हुन् । माहुरीहरूको सुविधालाई ध्यानमा राखेर यो बनाइएको हो । स्विडेनमा म्याकडोनल्ड्सका बजार निर्देशक क्रिस्टोफर रोनब्लडले यो अहिलेसम्मकै अनौठो रचना भएको बताए । यस्तो रेस्टुराँ हुँदा माहुरीहरूलाई घर बनाउन गाह्रो नहुने बताए । 

स्विडेनमा माहुरीहरूलाई मानिसबाट हुने खतराबाट बचाउनका लागि यस्ता पहलहरू हुने गरेका छन् । हालै युरोपेली संघले हालै नियोनिकोटिनायड्स नामक कीटनाशकमा प्रतिबन्ध लगाएको छ । यो कीटनाशक माहुरीहरूका लागि खतरनाक छ । 

माहुरीहरूलाई बचाउनका लागि नै रेस्टुराँ खोलिएको हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्