
काठमाडौँ -नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटनामा पार्टीबाट क्षति भएको स्वीकारेको छ । सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै विप्लवले मृत्यु हुने आफ्ना कार्यकर्तालाई सहिद घोषणा पनि गरेका छन् ।
'केपी सरकारको राज्यआतंक, कमरेड तीर्थ घिमिरे हत्याकाण्ड विरुद्ध आयोजित नेपाल बन्द कार्यक्रमलाई साथ् र सहयोग दिने राजनीतिक पार्टी र आम जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं,' विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ, 'जेठ १२ गते काठमाडौँमा भएको घटनाको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्छौं ।'
यी सबै घटनाको मुख्य दोषी केपी सरकारको फासीवादी दमन नै मुख्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
