१२ असार २०८३, शुक्रबार

बन्दका क्रममा कहाँकहाँ भए सवारी साधनमा आगजनी ?

बन्दका क्रममा कहाँकहाँ भए सवारी साधनमा आगजनी ?

काठमाडौं-नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द अन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् ।   
जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ मा ना.७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका-१ मा ना.६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका-८ मा ना.२ ख ७४४४ नम्बरको बस, नवलपरासी (पूर्व) कावासोती नगरपालिका-१६ मा बा.३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका-१ मा भे.७ प ४७५७ र  भे.७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका-६ मा ना.८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएका छन् । 
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्