काठमाडौं- गायिका सोना केसीको 'किन हो बिर्सनी' बोलको लोकगीत सार्वजनिक भएको छ ।
सोमवार सोना केसीले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् ।
गीतलाई सोना केसी र तेजस रेग्मीको स्वर रहेको छ ।
तेजस रेग्मीको शब्द तथा संगीत रहेको गीतमा कृष्ण विक 'भान्जा'को एरेन्ज छ ।
शिव विकको निर्देशन रहेको म्युजिक भिडियोमा सोना केसी, तेजस रेग्मी र चक्र बमको फिचरिङ रहेको छ ।
भिडियो हेर्नुहोस् :