
काठमाडौं – भारतमा लोकसभाको चुनावमा फतेहगढ साहिब सीटबाट विजय प्राप्त गरेका कांग्रेस नेता डा अमर सिंहको धन्यवाद कार्यक्रममा बगलीमारहरूले नेताहरूको पर्स उडाएका छन् ।
नवनिर्वाचित सांसदसँग सेल्फी खिच्ने भन्दै उनी कार्यक्रममा पुगेका थिए ।
प्रहरीका अनुसार, घटना अमलोह रोडस्थित सुरजीत ब्यांक्वेट हलमा बुधवार भएको हो । त्यहाँ अनेक क्षेत्रका मानिस र पार्टीका कार्यकर्ताहरू सांसदलाई बधाइ दिन पुगेका थिए ।
विधायक रणदीप काका समेत १० कांग्रेस नेताहरूको गोजीबाट पर्स गायब भएको थियो । विधायकका पीए रामकृष्ण भल्लाको पर्स पनि चोरहरूले उडाएका थिए ।
घटनाको अनुसन्धान गरिरहेका डीएसपी गुरशेर सन्धुले चोरहरू पत्ता लागिसकेको बताए । सबैलाई प्रहरीले पक्राउ गर्ने उनको भनाइ छ ।
एजेन्सी