
काठमाडौं – अमेरिकामा एक महिलाले अस्पताल जाँदै गर्दा कारमा बच्चा जन्माएकी छन् ।
नेभाडामा बस्ने रुडी न्यापियर नामक महिला आफ्ना तीन बच्चा र पतिसँग अस्पतालमा फाइनल चेकअपका लागि गएकी थिइन् । कारमा उनी अगाडिको सीटमा बसेकी थिइन् भने तीन बालबालिका पछाडिको सीटमा थिए ।
पति माइक एन्टोनी एडिसन कार चलाइरहेका थिए ।
रुडीले बाटैमा सन्तान जन्माइन् । उनका १० वर्षीय छोरा जेडनले बच्चा जन्माएको घटनाको भिडियो खिचे । धेरैचोटि भिडिया हेरेपछि पिता माइकले त्यसलाई सामाजिक सञ्जालमा शेयर गर्ने निर्णय गरे ।
रुडीले पछि यसबारेमा हाँस्दै भनिन्, ‘मैले जिन्दगीमा यस्तो भएको देखेकी थिइनँ । कान्छी छोरीलाई यसरी अनौठो तरिकाले जन्माउँदा परिवारको खुबै चर्चा भइरहेको छ ।’
यो परिवारले फेसबूकमा फन्ड उठाएर परिवारलाई सुरक्षित तरिकाले आवतजावत गराउन मिनिभ्यान किन्ने भएको छ ।
यो असाधारण भिडियो फेसबूकमा शेयर गरेपछि माइकले डेढ लाख नोटिफिकेसन पाए । उनले पत्नी र बच्चीलाई रेखदेख गरेकोमा अस्पतालप्रति आभार व्यक्त गरे । आमा रुडी र बच्ची जोली दुवै स्वस्थ छन् ।
एजेन्सी