३१ जेठ २०८३, आइतबार

सामान पुर्‍याउने डेलिभरी बोयलाई कुकुरले लखेटेपछि... (रमाइलो भिडियो)

सामान पुर्‍याउने डेलिभरी बोयलाई कुकुरले लखेटेपछि... (रमाइलो भिडियो)

काठमाडौं – बेलायतमा घरघरमा गएर सामान डेलिभरी गर्ने एक युवकलाई कुकुरले लखेटेको छ । 

घरको सीसीटीभी क्यामरामा घटनाको भिडियो रेकर्ड भएको छ । डेलिभरी बोय र कुकुरको लखेटालखेटको रमाइलो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

डेलिभरी बोयले नीलो रंगको कार पार्क गरेर डेलिभरीका लागि घरको ढोका ढकढक्याउँछ । त्यतिखेर त्यहाँ एउटा कुकुर हुन्छ । कुकुरले उसलाई लखेट्छ अनि ऊ आत्तिएर भाग्न थाल्छ । उसले ल्याएको सामान पनि झर्छ । 

आइतवार रोजेन्डेलमा यो घटना भएको हो । अन्त्यमा घरकी मालिक्नीले नै कुकुरबाट डेलिभरी बोयलाई बचाउँछिन् । कुकुरले टोक्दैन भनी घरमालिकले सम्झाउन खोज्दा पनि डेलिभरी बोय ज्यान जोगाउन दौडिरहन्छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्