
काठमाडौं – महानगरीय प्रहरी परिसर टेकुले गुण्डागर्दी गर्ने ‘भोजे’ भनिने भोज लामालाई पक्राउ गरेको छ ।
प्रहरीको गुण्डा सूचीमा समेत रहेका भोजेले ठमेल क्षेत्रमा होटल तथा रेस्टुरेन्टमा सित्तैमा खान खोजेको उजुरीको आधारमा लामालाई प्रहरीले पक्राउ गरेकोे महानगरीय परिसर टेकुका प्रवक्ता होमेन्द्र बोगटीले लोकान्तरलाई बताए ।
लामालाई अभद्र व्यवहारमा म्याद थप गरिएको र थप अनुसन्धान भएको बोगटीले बताए । उनलाई सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको थियो ।