१० असार २०८३, बुधबार

इजरायलमा संसद् भंग, ताजा निर्वाचन भदौ ३१ मा

इजरायलमा संसद् भंग, ताजा निर्वाचन भदौ ३१ मा

काठमाडौं – देशमा आमनिर्वाचन भएको दुई महिना नकित्दै इजरायलको संसद् नेसेट भंग गरिएको छ । 

ताजा आमनिर्वाचन भदौ ३१ मा हुनेछ । 

संसद् भंग गर्ने विधेयकको पक्षमा ७४ मत परेको थियो भने विपक्षमा ४५ मत परेको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ४२ दिनभित्र नयाँ सरकार गठन गर्न असमर्थ भएपछि संसद् भंग गरिएको हो । 

नेतान्याहुको नेतृत्वमा रहेको लिकुड पार्टी तथा अन्य दक्षिणपन्थी दलहरूले नेसेटको १२० मध्ये ६५ सीट जितेर बहुमत ल्याएको भए पनि पाँच सीट ल्याएको इजरायल बेटेनुले गठबन्धन सरकारमा समावेश हुन अस्वीकार गरेको थियो । 

बुधवार नेतान्याहुले ६ सीट ल्याएको वामपन्थी लेबर पार्टीलाई सरकारमा ल्याउन कोशिश गरेका थिए तर सफल भएनन् ।

सिन्ह्वाबाट

salt training

कमेन्ट गर्नुहोस्