काठमाडौं – चीन र अमेरिकाबीच व्यापारयुद्ध चलिरहेको छ ।
दुवैले एकअर्काको आयातमा करवृद्धि गरेका छन् । यस्तो अवस्थामा चीनले ट्रम्पप्रति निकै नकारात्मक धारणा बनाएको छ ।
तर अमेरिकामा ट्रम्पलाई पुनः निर्वाचित गराउनका लागि प्रचार सामग्री चिनियाँ कारखानामा धमाधम बन्दैछन् । चिनियाँ कामदारहरूले "ट्रम्प २०२० : कीप अमेरिका ग्रेट" लेखिएका ब्यानरहरू फुयाङमा रहेको कारखानामा बनाइरहेको
तस्वीर एएफपी समाचार संस्थाले प्रकाशित गरेको छ ।