०२ साउन २०८३, शनिबार

‘गोल्डेन ओक’ले बनायो वर्षमा १० लाख कार्टुन बिक्रीको कीर्तिमान

‘गोल्डेन ओक’ले बनायो वर्षमा १० लाख कार्टुन बिक्रीको कीर्तिमान

काठमाडौं –जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज प्रा.लि.को व्यवस्थापनमा सञ्चालित हिमालयन डिष्टिलरीद्वारा उत्पादित गोल्डेन ओक ब्राण्डले यस वर्ष १० लाख कार्टुन विक्रीको रेकर्ड कामय गरेको छ ।

स्थापित यस उद्योगले उत्पादन गरेको उत्पादनले बजारमा अपार माया पाउँदै रेकर्ड कायम गर्न सफल भएको हो ।

गोल्डेन ओकको उत्पादन प्रक्रियालाई अति सुक्ष्म तरिकाबाट पूर्णता दिइन्छ । उच्चस्तरीय कच्चा पदार्थहरूको मिश्रणका साथ अग्राखका ठेकीहरूमा परिपक्व गरेर बनाइने यो ब्राण्डमा स्वादको असलीपनाको मिठास लुकेको पाइन्छ । ४० यूपी शक्तिको समूहको यो ब्राण्डको मदिरालाई सरलताका साथ ग्रहण गर्न सकिने उपोभोक्ताहरूको भनाइ छ ।

१० लाख कार्टुन विक्री भएको सन्दर्भमा गोल्डेन ओकलाई रुचाउने ग्राहकप्रति आभार प्रकट गर्दै जावलाखेल गु्रप अफ इण्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘हामीलाई आज अत्यन्त खुशी लागेको छ, आफ्नै विशिष्ट स्वाद भएको गोल्डेन ओकले आज बिक्रीको जुन रकेर्ड कायम गरेको छ, त्यसबाट नेपाली उत्पादनहरू पनि अन्तर्राष्ट्रिय स्तरका छन् भन्ने प्रमाणित गरिदिएको छ । म यो खुशी सबै उपभोक्ता वर्गका साथै डिलर, बिक्रेता र उद्योगमा कार्यरत श्रमिक, कम्पनी व्यवस्थापनका साथीहरूसँग बाँड्न चाहन्छु ।’

गोल्डेन ओक ब्राण्डको माग बजारबाट विभिन्न बिक्रेताहरूबाट आइरहेको हुनाले सो लाई सर्व सुलभ तरिकाबाट परिपुर्ति गर्नका लागि यस जावलाखेल गु्रप अफ ईण्डष्ट्रिज प्रा.लि.बाट व्यवस्थापन गरिएका अन्य विभिन्न स्थानका उद्योगबाट उत्पादन तथा विक्री वितरणको लागि कार्य भई रहेको समेत जनाइयो ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले आफ्नो विभिन्न सदस्य उद्योगहरूसँग मिलेर स्वदेशी लगायत विदेशका प्रचलित ब्राण्डका मदिरा तथा वीयरहरूको नेपालमा उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिने कार्यमा तल्लीन रहेको जानकारी प्राप्त भयो ।
 

salt training

कमेन्ट गर्नुहोस्