०७ असार २०८३, आइतबार

जिल्ला प्रशासन कार्यालयले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

जेठ १७, २०७६
जिल्ला प्रशासन कार्यालयले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

बुटवल- जिल्ला प्रशासन कार्यालय रुपन्देही अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो प्रशासन कार्यालय बनेको छ । जिल्लामा सुरक्षा प्रदान, नागरिकता वितरण, राहदानी वितरण, गैरसरकारी संस्था दर्ता, नवीकरण, अनुगमन, पत्रपत्रिका तथा छापाखाना दर्ता, नेतृत्व, बजार अनुगमन, विपद् व्यवस्थापन लगायत मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

जिप्रका रुपन्देहीमा आयोजित कार्यक्रममा ‘आईएसओ ९००१: २०१५’ प्रमाणपत्र अनावरण गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने देशकै पहिलो प्रशासन कार्यालय बन्नु गौरवको विषय भएको बताए ।

मगरले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न प्रसासनका कर्मचारीलाई निर्देशन दिएको बताए । ‘प्रशासन कार्यालयलाई व्यवस्थित गराएर सुन्दरीकरण गर्न, सेवाग्राही लाई सहजपूर्ण बातावरण सिर्जना गर्न  जिल्ला प्रशासन कार्यालयले अझै धेरै काम गर्न बाँकी रहेको छ,’ उनले भने ।

गुणस्तर प्रमाणपत्रले आफुहरुलाई थप चुनौती थपिएको उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गुणस्तरिय ब्यवस्थापनको परिणामस्वरुप प्रशासनले उक्त प्रमाणपत्र पाएको बताउँदै त्यसबाट अन्य प्रशासन कार्यालय लाई पनि प्रेरणा मिलेको विचार व्यक्त गरिन् । प्रशासन कार्यालयले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्नु प्रतिष्ठाको विषय भएको बताउदै त्यसलाई कायम राख्न चुनौती थपिएको बताइन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मे २८ तारिखमा गुणस्तर प्रमाणपत्र पाएको हो । गृहमन्त्रालयसँग अनुमति लिएर अनलाइनमार्फत आईएसओ ९००१ः२०१५ को लागी आवेदन भरिसके पछि अन्तर्राष्ट्रिय गुणस्तर संगठनको नेपाल प्रतिनिधिले प्रशासन कार्यालय पुगेर गोप्य तरिकाले अनुगमन गरेर गुणस्तर प्रमाण पत्र प्रदान गरेको जानकारी प्रशासनले दिएको छ ।

उक्त प्रमाण पत्रको म्याद सन् २०२२ मे २५ सम्म रहेको छ भने सन् २०२० मे २६ र सन् २०२१ मे २४ मा संगठनको प्रतिनिधिले प्रशासनको निरीक्षण गर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्