०७ असार २०८३, आइतबार

राजधानीमा भीषण वर्षा

राजधानीमा भीषण वर्षा

काठमाडौं- राजधानीमा भीषण वर्षा भइरहेको छ ।  

शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ । 

पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् । 

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।  

आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कमेन्ट गर्नुहोस्