
काठमाडौं- इंग्ल्याण्डमा जारी विश्वकपअन्तर्गत शनिवार श्रीलंकाले न्यूजील्याण्ड रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कार्डिफमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १३६ रन बनायो ।
कप्तान दिमुथ कारुनरत्ने अर्धशतकीय पारी खेले । कारुनरत्नेले नटआउट ५२,,कुशल परेरा २९ र त्रिसरा परेराले २७ रन बनाउनु बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ न्यूजील्याण्डका लागि म्याट हेन्री र लक्की फेर्गुसनले समान ३-३ विकेट लिए ।
केहीबेरमा न्यूजील्याण्डले जवाफी ब्याटिङ गर्दैछ ।