काठमाडौं – आफूलाई साउदी अरबको राजकुमार खालिद अल–साउद बताएर ८० लाख डलर ठगी गर्ने एक व्यक्तिलाई अदालतले १८ वर्षको कारावास सजाय सुनाएको छ ।
एन्थोनी गिगन्याक नामक यी अमेरिकी रोलेक्स घडी र महंगा ब्रेसलेटका शौखिन छन् । उनले पहिचान लुकाएर घोटाला गरेका हुन् ।
उनी कूटनीतिक लाइसेन्स प्लेट्सयुक्त शानदारी फरारी कारमा यताउता जान्थे । महंगा कपडा पसलमा गएर हजारौं डलर बराबरको कपडा किन्थे ।
तर उनी सन् २०१७ मा अनुसन्धान निकायको नियन्त्रणमा आए । उनलाई गलत पहिचानमार्फत लगानीकर्ताहरूमाथि ठगी गरेको आरोप लाग्यो र १८ वर्ष कैद सजाय सुनाइयो ।
कोलम्बियामा जन्मेका गिन्याकलाई सन् १९७७ मा अमेरिकाको मिशिगनको एक परिवारले धर्मपुत्र बनाएको थियो । उसले आफ्नो पूरा जिन्दगी नै खालिद अल साउद भनेर चिनाए । असली राजकुमार खालिद मक्काका गभर्नर हुन् र उनको उमेर ७९ वर्ष छ । ग्यागनिकलाई साउदी राजपरिवारको नाम दुरुपयोग गरेकोमा ११ पटक पक्राउ गरिसकेको छ ।
मियामीमा पेन्टहाउसको छिमेकमा बस्ने एक घरजग्गा व्यवसायीले गिगन्याकमाथि शंका गरे । गिगन्याकले सुँगुरको मासुबाट बनेका परिकार खाएको देखेपछि उनी मुसलमान हैनन् भन्ने थाहा पाएर छिमेकीले पोल खोलेका थिए ।
एजेन्सी