२५ जेठ २०८३, सोमबार

विराट कोहली अपरिपक्व छन् : रबाडा

विराट कोहली अपरिपक्व छन् : रबाडा

एजेन्सी- विश्वकप अन्तर्गत जुन ५ मा भारतले दक्षिण अफ्रिकासँग खेल्दैछ । तर खेलअगावै दक्षिण अफ्रिकाका खेलाडी कगिसो रबाडाले भारतीय कप्तान विराट कोहलीको आलोचना गरेका छन् । 

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर रबाडाले ईएसपीएन क्रिकइन्फोलाई अन्तर्वार्ता दिँदै विराट कोहलीमाथि खनिएका हुन् । 

रबाडाले कोहलीलाई आलोचना सहन नसक्ने व्यक्ति बताउँदै 'अपरिपक्व' भन्न भ्याए । 

उनले भने, 'कोहली मैदानमा प्राय: रिसाइरहेको अवस्थामा देखिन्छन् ।'

उनले कोहलीलाई राम्रो खेलाडी भएको तर अपरिपक्क र असहनशीलको रूपमा चित्रण गरे । 

salt training

कमेन्ट गर्नुहोस्