
काठमाडौं – चीनको राजधानी बेइजिङमा प्रहरीले अपराधीहरूलाई झुक्याएर पक्रिने प्रयास गरिरहेको छ ।
त्यसका लागि प्रहरीले टाढैबाट आफ्ना कुकुरहरूलाई निर्देशन दिनका लागि अल्ट्रासोनिक रिमोट नियन्त्रण विधि उपयोग गरिरहेको छ ।
ग्लोबल टाइम्समा सोमवार छापिएको खबर अनुसार, कुकुरहरू अल्ट्रासोनिक तरंगहरू सुन्न सक्षम छन् ।
नगर प्रहरीका उपकप्तान लियू शीओशीओले बताए, ‘हामीहरू अपराधीले शंका नगर्ने गरी टाढैबाट कुकुरहरूलाई निर्देशन दिन्छौं ।’
प्रहरीले कुकुरहरूमाथि प्रयोग गरिने अल्ट्रासोनिक रिमोट नियन्त्रण विधिका लागि पेटेन्टको निवेदन पनि दिएको छ ।
एजेन्सी