
एजेन्सी- बलिउड अभिनेता अजय देवगनका अर्को एक फिल्म सय करोड क्लबमा प्रवेश गर्ने तरखरमा छ ।
१७ मे मा रिलिज भएको 'दे दे प्यार दे'लाई तेस्रो हप्ता पनि बक्स अफिसमा दर्शकले राम्रो साथ दिइरहेका छन् ।
फिल्मले तीन तेस्रो हप्तासम्म ९३.०८ करोड भारु कमाएको छ । चाँडै नै अजय देवगन, रकुल प्रीत र तब्बू स्टारर फिल्म सय करोड क्लबमा पुग्ने सक्नेछ ।
ट्रेड एनालिस्ट तरण आदर्शले कमाइको पछिल्लो आँकडा सार्वजनिक गरेका छन् ।
'दे दे प्यार दे'ले भारतीय बजारमा पहिलो हप्ता ६१.०५ करोड, दोस्रो हप्ता २३.४४ करोड र तेस्रो हप्ता ८.५९ करोड कमाएको छ ।
#DeDePyaarDe biz at a glance...
Week 1: ₹ 61.05 cr
Week 2: ₹ 23.44 cr
Weekend 3: ₹ 8.59 cr
Total: ₹ 93.08 cr
India biz. #DDPD— taran adarsh (@taran_adarsh) June 3, 2019