१० असार २०८३, बुधबार

बिस्कुटमा क्रीमको ठाउँमा टूथपेस्ट दिने व्यक्तिलाई १५ महिना कारावास सजाय

बिस्कुटमा क्रीमको ठाउँमा टूथपेस्ट दिने व्यक्तिलाई १५ महिना कारावास सजाय

काठमाडौं – एकजना युट्युबेले घरवारविहीन एक व्यक्तिलाई बिस्कुट खान दिए । तर त्यसमा क्रीमको ठाउँमा टूथपेस्ट थियो । त्यसको सजायस्वरूप युट्युबेलाई १५ वर्षको कारावास सजाय दिइएको छ । 

स्पेनका युट्युबे क्यांगुआ रेनले पीडितको आत्मसम्मानमा ठेस पुर्‍याएको अदालतले ठहर गर्‍यो । घटना सन् २०१७ मा भएको थियो । 

रेनलाई युट्युब च्यानल बन्द गर्न पनि अदालतले आदेश दिएको छ । उनले सन् २०२४ सम्म कुनै पनि भिडियो पोस्ट गर्न पाउने छैनन् । 

उनले पीडितलाई २० हजार युरोको क्षतिपूर्ति पनि दिनुपर्ने भएको छ । 

तर रेनले जेल बस्नुपर्ने छैन किनकि स्पेनको अदालतले दुई वर्षभन्दा कमको कारावास सजाय हुने पहिलो अपराधमा कारावास छुटको व्यवस्था गरेको छ । 

पीडित व्यक्तिको नाम जर्ज एल बताइएको छ । उनी बार्सिलोनामा आउनुअघि भेडागोठाला थिए । 

अदालतसमक्ष पेश गरिएको दस्तावेजमा रेनले प्य्रांक भिडियो बनाएर त्यसमा विज्ञापनबाट दुई हजार युरो कमाएको देखिन्छ । 

रेनले कमजोर मानिसहरूमाथि यसअघि पनि भद्दा मजाक गर्ने गरेको अदालतले पायो । 

एलको बिस्कुटमा टूथपेस्ट भएका कारण उनले बान्ता गरेका थिए । भिडियो हेरेपछि मानिसहरूले रेनको कठोर आलोचना गरेका थिए । 

आलोचना भएपछि रेनले भिडियो डिलिट गरेका थिए र पीडितलाई २० युरो दिन खोजेका थिए ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्