१६ असार २०८३, मंगलबार

प्रधानमन्त्रीसँग फोटो खिचाउन पाकिस्तानी मन्त्रीहरूले गरे धकेलाधकेल (भिडियो)

प्रधानमन्त्रीसँग फोटो खिचाउन पाकिस्तानी मन्त्रीहरूले गरे धकेलाधकेल (भिडियो)

काठमाडौं – पाकिस्तानमा प्रधानमन्त्री इमरान खानसँग फोटो खिचाउनका लागि मन्त्रीहरूले धकेलाधकेल गरेको भिडियो सार्वजनिक भएको छ । 

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा इमरान खान एउटा पत्रकार सम्मेलनमा बोल्दै गर्दा उनीसँग पर्फेक्ट फोटो खिचाउन मन्त्रीहरूले धकेलाधकेल गरेको देखिएको छ । अगाडिको पंक्तिमा देखिनका लागि उनीहरूले एकअर्कालाई पछिल्तिर धकेलिरहेको देखिन्छ । 

उनीहरूले प्रधानमन्त्री इमरान खानलाई समेत धकेलेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्