
काठमाडौं-बुधवार सुनचाँदीको भाउ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ३ सयले बढेर ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन तोलाको ६१ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी तोलामा ५ रुपैयाँले बढेर ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।