११ असार २०८३, बिहीबार

गएरातिको हावाहुरीले बर्दियामा पनि तीन जना घाइते र झण्डै चार दर्जन घरमा क्षति

गएरातिको हावाहुरीले बर्दियामा पनि तीन जना घाइते र झण्डै चार दर्जन घरमा क्षति
प्रतिकात्मक तस्वीर

काठमाडौं – बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ ।

राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा  चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।

घाइते विक  र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको उनले जानकारी दिए । करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ । हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन् ।

हावाहुरीेले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पुर्‍याएको छ । हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ । हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ ।

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्