
काठमाडौं – सरकारले जेठ २६ गते आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा बिदा दिने निर्णय भएको हो ।
सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारी समेत भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिएको छ ।