२९ जेठ २०८३, शुक्रबार

बेपत्ता भारतीय वायुसेनाको विमान अझै भेटिएन, चीनले खसालेको आशंका

बेपत्ता भारतीय वायुसेनाको विमान अझै भेटिएन, चीनले खसालेको आशंका

काठमाडौँ - भारतीय वायुसेनाको एएन-३२ विमान हराएको ४ दिन भन्दा बढी बितिसकेको छ तर अहिलेसम्म फेला परेको छैन ।

सोमवार दिउँसो साढे १२ बजे आसामको जोरहाटबाट उडान भरेको उक्त जहाज १ बजे सम्पर्कविहीन भएको थियो ।

भारतीय वायुसेनाले हराएको आफ्नो जहाज ४ दिन बितिसक्दा पनि पत्ता लगाउन सकेको छैन ।

वायुसेनाको एक अधिकारीका अनुसार अब त जहाज पत्ता लाग्ने आश पनि मरिसकेको छ । उक्त जहाज गल्तीवश चीनको आकाशमा पुगेको र चिनियाँ सेनाले रकेट प्रहार गरेर झारिदिएको आशंका भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् ।

कमेन्ट गर्नुहोस्