२५ जेठ २०८३, सोमबार

एक लाख घुससहित सव इञ्जिनीयर अख्तियारको फन्दामा,  सशस्त्र प्रहरी जवान पनि समातिए

एक लाख घुससहित सव इञ्जिनीयर अख्तियारको फन्दामा,  सशस्त्र प्रहरी जवान पनि समातिए

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।
 
योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ । 

आयोगले सशस्त्र प्रहरी बल, नेपाल, ११ नं गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झालाई पनि रु ३० हजार घुससहित पक्राउ गरेको छ । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै जवान झाले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।

 आरोपी सशस्त्र प्रहरी जवान झाको थप अनुसन्धान भइरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्