२६ जेठ २०८३, मंगलबार

आगामी ईदमा सलमानसँग अक्षय कुमार भिड्ने

आगामी ईदमा सलमानसँग अक्षय कुमार भिड्ने

एजेन्सी- बलिउडमा यतिबेला सलमान खानको फिल्म 'भारत'को चर्चा छ । 'भारत'ले राम्रो कमाइ गरिरहेको छ । 

यसैबीच नयाँ खबर बाहिर आएको छ- आगामी इदमा सलमान खानसँग अक्षय कुमार भिड्ने । 

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी इदमा सलमानको 'इंशाल्लाह'सँगै अक्षय कुमारको 'सूर्यवंशी' रिलिज हुनेछ । 

यदि यी दुई सुपरस्टारको भिडन्त निकै रोचक हुनेछ । 

सन् २०२० मा सलमान र अक्षयबाहेक अन्य स्टारहरूको पनि भिडन्त हुने भएको छ । 

दोस्रो टक्कर दीपिका पादुकोणको 'छपाक' र अजय देवगनको 'तानाजी'बीच हुनेछ । 

'तानाजी' यस वर्षअघि नै रिलिज हुनुपर्ने थियो तर अब आगामी जनवरी १० मा सिनेमाघरमा लाग्दैछ । दीपिकाको फिल्ममा पनि सोही मितिमै रिलिज हुँदैछ ।  

salt training

कमेन्ट गर्नुहोस्