
काठमाडौं – प्रहरीले राजधानी काठमाडौंको बानेश्वरबाट अवैध हतियार र केही गोली बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुको टोलीले हतियार बरामद गरेको हो । अर्को व्यक्तिको समेत पिछा गरिएको भन्दै प्रहरीले बरामद गरिएको हतियार र व्यक्तिबारे खुलाएको छैन ।
‘हतियार बरामद गरेको कुरा सही हो, अनुसन्धान चलिरहेकाले सबै बताउन मिल्दैन,’ परिसरका प्रमुख एसपी उत्तमराज सुवेदीले लोकान्तरलाई जानकारी दिए ।
तिनकुनेको केएफसी क्याफे अगाडिबाट ‘मेड इन जापान’ लेखिएको पेस्तोलसहित सञ्जय शेर्पा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।